०००
Wednesday, October 7, 2026
कृष्ण कोपिलाको कृति ‘उसको अतीत’ सार्वजनिक
Friday, June 19, 2026
जरा फाउन्डेसनद्वारा ज्ञानु राणाको सम्मान; सावित्री गिरीको ‘छाल ओढेर’ माथि विमर्श सम्पन्न
Saturday, December 27, 2025
येनान गोष्ठीबारे चर्चा गर्दै प्रलेसले मनायो माओजयन्ती
000
www.yugdarshan.com बाट साभार
Saturday, September 6, 2025
'समय प्रवाह'को शृङ्खला सम्पन्न
अखिल नेपाल लेखक सङ्घको आयोजनामा 'समय प्रवाह'को शृङ्खला भव्य्यताकासाथ सम्पन्न भएको छ । २०८२ साल भदौ २१ गतेको शृङ्खलामा समालोचकको रुपमा कवि एवम् समालोचक डा. अमर गिरी हुनुहुन्थ्यो । कार्यक्रममा कविहरू मातृका पोखरेल, लक्ष्मी माली, डा. अमृता शर्मा , अभय श्रेष्ठ , डम्बर थामी 'अनुपम' , रचना मोक्तान यात्री, प्रजिना सी, इन्दिरा अधिकारी, ढुन्डिराज अधिकारी हुनुहुन्थ्यो । अखिल नेपाल लेखक संघका अध्यक्ष मुक्तान थेबाको सभापतित्वमा भएको कार्यक्रमको संचालक कर्ण दयाल हुनुहुन्थ्यो । कार्यक्रममा अनेजमहासंघका महासचिव कुशल बोगटी, कोषाध्यक्ष विवेक सापकोटा, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, संस्कृतिकर्मी/समालोचक खेम थपलिया लगायतको उपस्थिति थियो ।
000
Friday, December 20, 2024
नेपाल विध्युत प्राधिकरणमा बहुभाषिक काव्यगोष्ठी सम्पन्न
नेपाल विध्युत प्राधिकरण विध्युतकर्मी साहित्यिक समाजले `भाषिक समावेशिता र सम्मान: हाम्रो अभियान´ भन्ने मूल नाराका साथ ‘बहुभाषिक काव्यगोष्ठी’ भव्यताका साथ सम्पन्न गरेको छ। २०७९ मङ्सिर १६ गते शुक्रबार नेपाल विध्युत प्राधिकरण प्रधान कार्यालयको रुफ टप हलमा सो कार्यक्रम सम्पन्न भएको हो।
विध्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल “शब्द सेना” को सभाध्यक्षता एवम् प्रा.डा. माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा संचालन भएको सो कार्यक्रममा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल, नेपाल विध्युत प्राधिकरणका उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, विध्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू- विष्णुबहादुर सिंह, पुण्य घिमिरे, केशवप्रसाद रुपाखेती र रामेश्वर राउत मातृदास, सिस्नोपानी नेपालका थरेन्द्र बराल, चलचित्र विकास बोर्डका गणेश भण्डारी लगायत प्राधिकरणका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
सो समारोहमा साहित्यकार रासा, गायक जुजुकाजी रन्जित र राजेश तण्डुकारले नेवारी भाषामा, डा. कृष्णराज सर्वहारीले थारू भाषामा, लक्ष्मण मण्डल र अशोक चौधरीले मैथिली भाषामा तथा राजन पालुङ्गाले लिम्बू भाषामा कविता, गीत लगायतका रचनाहरू वाचन/ गायन गरेका थिए।
त्यस्तै मनुकुमारी पुलामीले मगर भाषामा रचना वाचन गरेकी थिइन् भने लोकविक्रम मल्लले डोट्याली भाषा,प्रकाश आचार्यले चिनियाँ भाषा, विष्णुबहादुर सिंहले रसियन भाषा, अर्जुन राईले राई भाषा तथा कृष्णदेव रिमाल, मूलतिहुन, उमेश अवस्थी र मीरा काफ्लेले नेपाली भाषाका रचना प्रस्तुत गरेका थिए। नेपालीबाहेक अन्य मातृभाषामा रचित र वाचित रचनाहरूलाई सम्बन्धित स्रस्टाले सरल नेपाली भाषामा भावानुवाद पनि गरेका थिए।
सो कार्यक्रमलाई विध्युतकर्मी साहित्यिक समाजको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेपाल विध्युत प्राधिकरणका उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिनाले कार्यक्रमका प्रमुख अतिथिलाई मायाको चिनो समर्पण गरेका थिए ।
000
sahityapost.com बाट साभार



















































